संसद् भवनअगाडि सडकमै भेटियो शंकास्पद कुकर, सेना पुग्यो !


काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मुख्य सडकमा बमजस्तो देखिने वस्तु भेटिएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार शंकास्पद अवस्थामा प्रेसरकुकर भेटिएको हो । अहिले उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ ।

उक्त वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । संसद् भवनको दक्षिण गेटअगाडि सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको हो । त्यो ब म भएको आशंका गरिएको छ।

अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गरिएको भोलिपल्ट संसद् भवनअगाडिको सडकमा बमजस्तो वस्तु भेटिएको हो ।

प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ