संसद भवन अगाडी राखिएको प्रेसर कुकरभित्र इँटाको टुक्रा र कागज भेटियो


काठमाडौं । बानेश्वरस्थित संसद भवनको मुलद्वारअघि सडकमा राखिएको शंकास्पद प्रेसर कुकर ब”म नभएको पुष्टि भएको छ ।

बम हुन सक्ने आशंकामा डिस्पोजका लागि आएको सेनाको टोलीले प्रेसर कुकरभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको बतायो । शंकास्पद वस्तुको परीक्षणपछि त्यहाँ कुनै पनि विष्फोटजन्य पदार्थ नभेटिएको क्याप्टेन सन्दीप थापाले बताए ।

‘हामीले भित्र हेर्दा इँटाको टुक्रा, प्लाष्टिक र नो एमसीसी लेखिएको कागज मात्र भेट्यौं । त्यो तर्साउने हिसाबले राखिएको फेक ब”म मात्र हो । कुनै पनि शंकास्पद वस्तु भेटिएन ‘, उनले भने ।

प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार १३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ