कांग्रेस र एमाले पार्टी कार्यालयमा ताेडफाेड र आगजनी, प्रशासनले लगाए कर्फ्यू


सुर्खेत । एमसीसी संसदबाट पारित भएपछि बन्दकर्ताहरूको आन्दोलनका कारण सुर्खेत तनाव सृजना हुँदै गएको छ ।

बन्दकर्ताहरूले पार्टी कार्यालयहरूमा आ गजनी तथा तोड फोड गरेका छन् । प्रहरी र बन्दकर्ताहरूबीच झ डप समेत भएको छ । उनीहरूले कांग्रेस, एमाले पार्टी कार्यालयमा तोड फोड गर्नुका साथै आग जनी गरेका हुन् भने माओवादी केन्द्र पार्टी कार्यालय पनि तोडफोड गर्ने प्रयास गरिएको छ ।

प्रदर्शन नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति सवा ८ बजेदेखि भोलि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाएका जानकारी दिए ।

प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार २०:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ