औरहीको हरकट्टीमा पशु सेवा केन्द्रको भवन निर्माण सुरु


धर्मेन्द्र पासवान, लहान । सिरहाको औरही गाउँपालिका १ हरकट्टीमा पशु सेवा केन्द्रको भवन निर्माण हुने भएको छ ।

गाउँपालिका अध्यक्ष सिदार्थ यादवले दुई दिन अगाडी नै केन्द्रको भवनको शिलान्यास गरे । शिलान्यास भएपछि अब भवनको निर्माण तत्कालै सुरु हुने अध्यक्ष यादवले बताए ।

उनका अनुसार यो भवनको लागि पहिलो चरणको लागि गाउँ सभाबाट १० लाख छुट्याइएको छ । आवश्यकता बमोजिम गाउँपालिकाले बजेट थप गर्नेछ ।

प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार १३:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ