सर्लाही र महोत्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यू


सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका र महोत्तरीको गौशाला नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

सर्लाहीको हरिपुरमा मेलाबाट फर्किएका उनीहरू सवार ज११प ९८४५ नम्बरको मोटरसाइकल पुलबाट खसेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । सागरनाथ जंगल क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महोत्तरी औरही नगरपालिकाका वडा नम्बर १ का चन्दन साह र सर्लाही कविलासी नगरपालिकाका रामविश्वास मण्डल रहेका इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी अधिकृत जनकराज ढुंगानाले बताए ।

मृतक चन्दन ३२/३३ वर्षका र रामविश्वासको उमेर अन्दाजी २५ वर्ष रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १८, बुधबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ