जसपाले सांसद् प्रदीप यादवलाई गरेको कारबाही फुकुवा


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ ।

केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो । जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको थियो ।

देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नो नाम नपरेको भन्दै उनी पक्षका नेता तथा कार्यकर्ताले पार्टी अध्यक्षको विरोधसहित पुत्ला दहन गरेका थिए । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।

उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोपसमेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १८, बुधबार १९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ