Big News- अब देशभित्र एक दिनमा २५ हजार रुपैयाँ मात्र पठाउन पाउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ ।

अब कसैले नेपालभित्र एक ठाउँबाट अर्कोमा एकै दिन २५ हजार रुपैयाँभन्दा बढी पठाउन पाइने छैन् । केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो ।

राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा आज एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ।

यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा एक लाख रुपैयाँसम्म थियो । सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन गरिएको छैन ।

प्रकाशित : २०७८ फाल्गुन १८, बुधबार २०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ