आज ग्याल्पो ल्होसार: देशभर सार्वजनिक बिदा


काठमाडौं । आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् ।

उक्त समुदायले विविध साँस्कृतिक कार्यक्रम गरी ल्होसार मनाउँछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन थालेका हुन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ।

ग्लाल्पो ल्होसारको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार ०७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ