युक्रेनको खेरसन शहर कब्जामा लिए रुसी सेना


एजेन्सी । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले जनाएको छ ।

‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ ।

कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति ‘रूसी सेनाले शहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको छ । क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको ३००,००० मानिसहरूको शहर- खेरसनको पतन महत्त्वपूर्ण छ किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा शहरतिर पश्चिमतर्फ धकेल्न अनुमति दिनेछन् ।

बुधवार युक्रेनमा सर्वसाधारणको हता हतीको घटना बढेको छ । संयुक्त राष्ट्र संघले २२७ नागरिक मारि’एको बताएको छ ।

एन वाइ टि का अनुसार, युक्रेन सरकारले शुरुमा नागरिकको मृत्युको संख्या २,००० भन्दा बढी उल्लेख गरेको थियो । तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो संख्यालाई ‘अनुमानित’ भन्दै कति मानिसहरू अझै पनि आगलागीमा परेको र भग्नावशेष हराइरहेका छन् भन्ने यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ।

मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो ।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ