धनुषा काँग्रेस सभापतिमा प्रसैला, यादव र पजियारको उम्मेदवारी दर्ता, अन्य पदमा को को ? हेर्नुस्


जनकपुरधाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ३ जनाले नेताले सभापति पदका लागि मनोनयन दर्ता गराएका छन ।

बिहिबार जनकपुरधामस्थित कांग्रेस पार्टि कार्यालयमा संस्थापन पक्षधबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति समेत रहेका संतोष यादवले सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।

संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर समेत रहेका योगेन्द्र पजियार र संविधान सभा सदस्य समेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

पजियार विमलेन्द्र निधि गुटका हुन भने प्रसैला शेखर कोइराला गुटका छन् ।

जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाको उम्मेदवारी
यसैगरी जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा, सुरेन्द्र प्रसाद चौधरी, गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएका छन ।

सचिव पदका लागि ९ जनाको उम्मेदवारी
यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । उक्त पदका लागि नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर, धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।

सहसचिवमा ६ जना उम्मेदवार
यसैगरी सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । उक्त पदका लागि धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार १९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ