युक्रेनमा शान्तिको कामना गर्दै नेपालमा मैनबत्ती प्रज्वलन


काठमाडौं । युक्रेनमा शान्तिको कामना गर्दै संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका राजदूतले काठमाडौंको बाैद्धनाथमा मैनबत्ती प्रज्वलन गरेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा नेपालस्थित विभिन्न देशका राजदूतले शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेका हुन् ।

बिहीबार साँझ बाैद्धनाथमा मैनबत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत र्‍याण्डी बेरी, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड र फिनल्याण्डका राजदूत पनि पुगेका थिए ।

विगत ८ दिनदेखि रूस र युक्रेनबीच यु’ द्ध भइरहेको छ । यतिबेला विश्वभरमा रुसको विरोध जारी छ । तरपनि रूस युक्रेनमा यु’ द्ध जारी राखेको हो ।

प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार २१:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ