नेपाल बैंकमा खुल्यो रोजगारी, हेर्नुस् डिटेल


टुडेखोज, काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ ।

बैंकले रिक्त रहेका सहायक प्रबन्धक तथा सहायक तहका लागि आवेदन माग गरी विज्ञापन खुलाएको हो । बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो ।

लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा आवेदन मागेको हो ।

इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : २०७८ फाल्गुन २०, शुक्रबार ०७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ