पर्सा काँग्रेस सभापतिमा क्षेत्री विजयी


जनकपुरधाम । नेपाली काँग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री विजयी भएका छन् ।

निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीका अनुसार क्षेत्री ४६५ मतान्तरले विजयी भएका हुन् । क्षेत्रीले श्याम प्रसाद पटेललाई पराजित गरेका छन् ।

सभापतिमा विजयी क्षेत्री १ हजार ११० मत ल्याउन सफल भए भने पटेल मात्र ६४५ मत प्राप्त गरे । विजयी क्षेत्री पूर्व जिल्ला समन्वय समितिका अध्यक्ष हुन् । उनी लोकप्रिय रहेकाले विजयी भएको बताइएको छ ।

जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा इम्तियाज आलम र दिनेश कुमार चौधरी विजयी भएका छन् । यस्तै सह-सचिवमा नविन सिंह र मदन राउत अहिर विजयी भएका छन् ।

निर्वाचित उपसभापति, सचिव र सहसचिव सबै संस्थापन पक्षकै छन् । निर्वाचनमा ६७ पदका लागि १ हजार ८३० जना मतदातामध्ये १ हजार ७७९ जनाले मतदान गरेको थियो ।

प्रकाशित : २०७८ फाल्गुन २०, शुक्रबार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ