लेग स्पिनका बादशाह वार्नको निधन, विश्व क्रिकेट स्तब्ध


काठमाडौं । ५२ वर्षकै उमेरमा स्पिन बलिङका बादशाह मानिने शेन वार्नको अचानक मृत्यु भएको खबर फैलिएपछि विश्व क्रिकेट स्तब्ध बनेको छ । शुक्रबार राती थाइल्याण्डमा वार्नको निधन भएको फक्स स्पोट्र्र्सले जनाएको थियो ।

सुरुमा पत्याउन मुश्किल पर्ने यो समाचार सत्य सावित भएपछि विश्वभरका क्रिकेटर स्तब्ध बनेका हुन् । क्रिकेट पारखी र क्रिकेटरका लागि साच्चै दुखित तुल्याउने यो समाचारअनुसार शेनको थाइल्याण्डमा रहेको एक बंगलामा निधन भएको हो ।

अचानक भएको हृद्यघातले उनलाई बचाउन सबै प्रयास गरिएपनि होस फर्काउन नसकिएपछि मृत घोषणा गरिएको थियो । सन् १९६९ मा जन्मिएका वार्नले अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा सन् १९९२ मा डेब्यु गरेका थिए ।

विश्व क्रिकेटमा स्पिनका अलवा लेग स्पिनलाई वार्नले नै स्थापित गरेका थिए । उनको लेग स्पिनका कारण वार्नलाई विश्वभर चर्चित बनाएको हो ।

अष्ट्रेलियाले सन् १९९९ को विश्वकप जित्दा वार्नले उत्कृष्ट प्रदर्शन गरेका थिए । टेस्ट क्रिकेटमा सर्वाधिक ७०८ विकेट लिएका वार्नलाई ‘बल अफ द सेन्चुरी बलर’का रुपमा पनि चिनिन्छ । उनले फ्याकेको स्पिन र योर्कर बललाई विश्व क्रिकेटमा बल अफ द सेन्चुरी भनिन्छ ।

सन् २००७ मा विश्व क्रिकेटबाट सन्यास लिएका वार्नको मृत्युलाई क्रिकेट अष्ट्रेलियाले सबैभन्दा ठूलो दुःखद समाचार भएको जनाएको छ । उसले वार्नलाई स्पिन बलको बादशाहको उपमा दिएको छ । यस्तै भारतीय क्रिकेटर विराट कोहलीले वार्न विश्वकै उत्कृष्ट बलर भएको टिप्पणी गरेका छन् ।

वार्नको निधनमा विश्व क्रिकेटका महान हस्तीले श्रद्धाञ्जली दिएका छन् । वार्नको निधनमा श्रद्धाञ्जली पोस्टले सामाजिक सञ्जाल र ट्वीटरका भित्ता भरिएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २१, शनिबार ०७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ