मधेस प्रदेश : प्रदेशसभा बैठक तेस्रो पटक स्थगित


जनकपुरधाम । फागुन २२ मा बस्‍ने भनिएको मधेश प्रदेशको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार बोलाइएको बैठक चैत ९ गते १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ । फागुन १ गते बस्‍ने भनिएको बैठकको मिति सरेको यो तेस्रोपटक हो ।

प्रदेशसभाका सचिव रंजित कुमार यादवले नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरु मधेश प्रदेशको भ्रमणको क्रममै रहेकाले बैठक स्थगित गरिएको बताए ।

फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएकाले बैठक स्थगित गरेर १० गतेका लागि सारिएको थियो ।

तर १० गते सभामुख सरोज कुमार यादव सभामुखहरूको सम्मेलनका लागि पोखरा गएकाले दोस्रोपटक बैठक स्थगित गरेर २२ गतेका लागि तय गरिएको थियो ।

प्रकाशित : २०७८ फाल्गुन २१, शनिबार १९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ