अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखिने


काठमाडौं । नाबालिग किशोरीको बलात्कार आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई थप १२ दिन हिरासतमा राख्ने भएको छ।

यसअघि प्रहरीले पलमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिएको थियो । अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो ।

अब पल थप १२ दिन तनहुँ प्रहरीको हिरासतमा बस्नेछन् । कुनै पनि अभियोगमा थुनामा रहेका व्यक्तिमाथि कम्तीमा २५ दिनभित्र र बढी ३५ दिनभित्र अदालतमा अभियोगपत्र दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ ।

उनीमाथि तनहुँ प्रहरी कार्यालय र नवलपुर प्रहरी कार्यालयमा नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा बेग्लाबेग्दै मुद्दा दर्ता गरिएको छ।

तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर उजुरी दर्ता भएको थियो । अहिले शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहँदै आएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २२, आईतवार १६:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ