वरिष्ठ वामपन्थी नेता बर्माको निधन


काठमाडौं । वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको ९३ वर्षको उमेरमा निधन भएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयूमा उनको उपचार चलिरहेको थियो । पारिवारिक स्रोतले उनको निधनको पुष्टि गरेको हो ।

आजै ७ बजेर ३० मिनेट जाँदा उनको शवलाई अस्पतालबाट पशुपतितर्फ लगिनेछ । बर्मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएकै वर्ष २००६ सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील थिए ।

कम्युनिष्ट पार्टी स्थापनाका बेला उनी कोलकातामै रहे पनि उनी नेकपाका संस्थापक भने होइनन् । उनी २००७ सालको क्रान्तिका पनि एक जना योद्धा हुन् ।

उनले केही कम्युनिष्ट दर्शनका पुस्तक र सयौं संख्यामा लेखहरू लेखेका छन् । ०४६ सालपछि उनले नेकपा (बर्मा) नामको पार्टी गठन गरी त्यसको अध्यक्ष भएका थिए ।

प्रकाशित : २०७८ फाल्गुन २२, आईतवार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ