Sad Breaking: दुई दिने बच्चासहित एकै परिवारका ५ जनाको मृत्यु


काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका ४ नल्लुमा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ ।

आइतबार बेलुका खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । घरमुली अन्दाजी ५५ वर्षकी काइली स्याङताङ, बुहारी अन्दाजी २२ वर्षकी शुषमा स्याङताङ, नाति अन्दाजी ९ वर्षका आशिष स्याङताङ र नातिनी अन्दाजी पाँच वर्षकी आशमा स्याङताङको मृत्यु भएको हो ।

अर्का एक नवजात शिशुको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काइली दुई दिने नातिको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाको पुष्टि ललितपुरका प्रहरी प्रवक्ता एसपी शिद्धिविक्रम शाहले गरे ।

उनका अनुसार नाबालकका बुवा अन्दाजी २३ वर्षका शुभाष स्याङताङको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।

डाक्टरसहितको टोली घटनाको अनुसन्धानका लागि खटिएको एसपी शाहले जानकारी दिए । घटना भएको स्थानमा आगो बलेको कोइला र बान्ता गरेको देखिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २३, सोमबार १३:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ