Sad News: मिथिला परिक्रमामा सहभागी महिलाको मृत्यू


जनकपुरधाम । १५ दिने ऐतिहासिक तथा धार्मिक मिथिला मध्यमा परिक्रमामा सहभागी एक महिलाको मृत्यू भएको छ ।

महोत्तरीको जलेश्वर पडावस्थलमा अन्दाजी ५० वर्षीया प्रमिलादेवी साहको मृत्यु भएको हाे । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार मृतक महिला भारत विहारकाे मधुवनी जिल्ला बासोपट्टी गाउँकी छन् ।

जलेश्वर नगरपालिका २ स्थित पोखरीमा नुहाउने क्रममा उनी बेहोस् भएकी थिइन् । लगत्तै उनलाई अस्पताल लगियो । तर चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता विष्टले बताए ।

जनकपुरस्थित अग्निकुण्डबाट किशोरी जी र मिथिला विहारी नगरपालिका ८ कचुरीबाट भगवान रामको डोला निस्केसंगै फागुन १९ गते विहिवार परिक्रमा सुरु भएको थियो । परिक्रमामा नेपाल र भारतका हजारौं साधुसन्त, महन्थ र श्रद्धालु सहभागी छन् ।

परिक्रमामा सहभागीले नेपाल र भारत गरी १३३ किलोमिटर भूभागको यात्रा गर्नुपर्छ । खाली खुट्टा हिड्नुपर्ने भएकाले परिक्रमालाई यति कठिन मानिन्छ ।

प्रकाशित : २०७८ फाल्गुन २३, सोमबार १४:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ