काठमाडौंमा एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु


काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् ।

तीमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले बताए । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् ।

गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको एसएसपी गिरीले बताए ।घटनास्थलमा पुगेका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले विष खाएको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि, विस्तृत अनुसन्धानपछि मात्र एकिन हुने उनले बताए । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ मा पनि सोमबार एकैपरिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए ।

प्रकाशित : २०७८ फाल्गुन २४, मंगलवार ०६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ