उपेन्द्र यादव पार्टीका ९ केन्द्रीय नेतालाई ओलीले एमालेमा प्रवेश गराए


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का ९ केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे ।

प्रवेश गर्नेमा जसपाका ९ केन्द्रीय सदस्यसहित १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसंगठनका तीनजना अध्यक्ष रहेका छन् ।

एमाले प्रवेश गर्ने जसपा नेताहरूमा कशिम अलि सिद्दिकी, रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र नवीन पुन रहेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २४, मंगलवार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ