महोत्तरीमा सुमोको ठक्करबाट दुई जनाको मृत्यु


महोत्तरी । महोत्तरीमा सुमोले मोटरसाइकलाई ठक्कर दिँदा एक बालकसहित दुई जनाको ज्यान गएको छ।

ज्यान जानेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका २ बस्ने वर्ष २२ का संजित मण्डल र सम्सी गाउँपालिका १ पर्सा बस्ने प्रबोध मण्डलका छोरा १२ वर्षीय धीरज मण्डल रहेका छन् ।

सोमबार साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका ४ कठुधार स्थित माईस्थान सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र. २०२००१ च. ०८४१ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक युवक संजित र पछाडि सवार बालक धिरज गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार दुवैलाई उपचारका लागि जलेश्वर अस्पताल लगिएको थियो ।

तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। शवहरू जलेश्वर अस्पतालमा राखिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २४, मंगलवार २१:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ