मधेस : यि पुरुष र महिलामाथि गम्भीर आरोप, प्रहरीले समाते


वीरगञ्ज । प्रहरीले पर्साबाट शरीर ब न्धक, ज्यान मा र्ने उद्योग तथा सामूहिक ब लात्कार मुद्धाका २ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले धोबिनी गाउँपालिका ५ बस्ने ५१ वर्षीय महादेव भन्ने शेराजुल मिया र ५० वर्षीया जोहरा खातुनलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध उजुरी परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फागुन ११ गते राति ९ बजे ४६ वर्षीया महिलालाई उनकै श्रीमान, सौता र अन्य तीन जना मिलेर घरमा नै ब न्धक बनाई कुटपीट गरी गम्भीर घाइते बनाएका थिए । घटनापछि कुटपिटमा संलग्नहरु फरार थिए ।

२४ फागुन बिहान इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले अभियुक्तमध्ये २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनापछि फरार रहेका पीडित महिलाको पति, सौता र अन्य १ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार ०६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ