सखुवा नन्कारकट्टीका अध्यक्ष यादवले गरे पक्की सडक ढलानको शिलान्यास


महेश सिंह, लहान । सिरहाको सखुवानानकारकट्टी गाउँपालिका २ स्थित सडकको आर.सि.सी. ढलानको शिलान्यास गरिएको छ ।

वडाध्यक्ष बिल्टु यादवको केहि महिला अगाडि मृत्यु भएको थियो । उनले उक्त सडकलाई पक्की सडक बनाउन निकै उत्साही रहेका थिए । उनको निधन पश्चात गाउपालिका अध्यक्ष यादवले सडक ढलानको शिलान्यास गरेका छन् ।

वडाध्यक्षको सपना साकार पार्न गाउँपालिका अध्यक्ष केदारनाथ यादवले उक्त सडकलाई विशेष प्राथमिकताको साथ ढलान गर्न लागेको स्थानीय समाजसेवी रामऔतार यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष केदार नाथ यादवको प्रमुख आतिथ्य र प्रमुख प्रसासकिय अधिकृत राजिब झालगायत लगायत दर्जनौं समाजसेबीहरु र वडाका कार्यबाहक वडाध्यक्ष धनिकलाल यादव लगायत ब्यक्तिहरुको उपस्थितिमा ढलान कार्य सुरु भएको छ ।

गाउँपालिकाको वार्षिक बजेटबाट बिनियोजीत २५ लाखमा ३७५ मिटर लम्बाई, १० फिट चौडाई र ६ ईन्च उचाईमा ढलान हुने बताइएको छ । उक्त पक्की सडक निर्माण गर्न ७ सदस्य उपभोक्ता समिति गठन गरिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ