Big News- लहान अस्पतालमा ६२ प्रकारका ल्याब जाँच सेवा शुरु


फिरोज शेख, लहान । सिरहाको लहानस्थित राम कुमार उमा प्रसाद मुरारका स्मारक अस्पतालले ६२ प्रकारका ल्याब जाँच सेवा शुरु गरेको छ ।

अस्पतालले एक कार्यक्रमको आयोजना गरि अस्पताल समितिका अध्यक्ष रोहित महतो, सदस्यहरु र मेसु विरेन्द्र मण्डलले बुधबारबाट अस्पतालमा अत्याधुनिक ल्याब सेवा शुरु गरेका हुन् ।

समितिका अध्यक्ष महतोका अनुसार यो अस्पताल धेरै पुरानो हो । यहाँ तीन जिल्लाका बिरामीहरु आउछन् । तसर्थ सुविधा सम्पन्न ६२ प्रकारका ल्याव जाँच सेवा शुरु गरिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार १७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ