रंगेलीका मेयर, उपमेयर र वडाध्यक्षहरु माओवादी छाडेर एमालेमा प्रवेश


काठमाडौं । मोरङको प्राचीन शहर तथा पूर्वराजधानी रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजना बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन् ।

रंगेलीमा आयोजित विशाल समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर, उपमेयर र दुईजना वडाध्यक्षसहित करिब ५ हजारजनालाई पार्टी प्रवेश गराएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल समेत छन् । उनीहरू पनि माओवादीबाटै निर्वाचित भएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माओवादीको सानो हिस्सामात्र प्रचण्डसँग रहेको भन्दै नेकपा एकताको निरन्तरताका रूपमा एमालेमै मूलधार रहेको बताए ।

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ