फेरी २ युट्युबर पक्राउ, यस्तो छ गम्भीर आरोप


काठमाडौं । यूट्युब च्यानलमार्फत अनर्गल वक्तव्यबाजी गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका ८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका ४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।

हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ भ्रामक समाचार सम्प्रेषण आरोप प्रहरीले लगाएको छ ।

उनीहरुले पीडितको मानमर्दन हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्यबाजी गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको दाबी प्रहरीको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार १८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ