परिक्रमा यात्रीको स्वागत गर्न आज सार्वजनिक विदा, कञ्चन वनमा होली खेल्दै !


जनकपुरधाम । ऐतिहासिक तथा धार्मिक मिथिला माध्यमिकी परिक्रमा टोली आज महोत्तरीको भंगहा नगरपालिकामा पर्ने कञ्चनवन पुग्दैछ ।

परिक्रमा यात्रीहरुको स्वागत गर्न आज भंगहा नगरपालिकाले सार्वजनिक विदा समेत दिएको छ । परिक्रमा सुरु भएको सातैं दिन कञ्चनबन पुग्ने र गाउँपालिकाको आयोजनामा स्थानीयले यात्रामा सहभागीलाई भव्य स्वागत गर्ने मेयर संजिव साहले जानकारी दिए ।

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा छ । यसवर्ष पनि विशेष होली समारोह आयोजना गरिएको छ । त्यहाँ होली मनाएपछि मिथिलामा होली शुभारम्भ भएको मानिन्छ ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार ०६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ