काँग्रेस धनुषा निर्वाचनः सभापतिका लागि पुनः मतदान हुँदै, यादव र पजियारको टक्कर !


जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको सभापति चयन गर्न आज दोस्रो चरणको मतदान सुरु हुँदैछ ।

जनकपुरमा आज विहान ८ बजेदेखि मतदान सुरु हुने तय गरिएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवारहरु सन्तोष यादव, योगेन्द्र पजियार र दिनेश प्रसैलामध्ये कसैले पनि ५० प्रतिशत बढी मत नल्याएकाले आज दोस्रो चरणको मतदान हुन लागेको छ ।

काँग्रेसको विधान अनुसार दोस्रो चरणमा सबभन्दा बढी मत ल्याएका पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ । पजियार विमलेन्द्र निधी समूहका र यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका छन् ।

सबभन्दा कम मत ल्याएका कारण प्रसैला प्रतिस्पर्धाबाट आउट भएका हुन् । शेखर कोइराला समूहका प्रसैलाले दोस्रो चरणमा पजियारलाई समर्थन गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ