Breaking- जसपा त्यागेर एमालेमा प्रवेश गर्दै वीरगञ्जका मेयर सरावगी


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी जनता समाजवादी पार्टी (जसपा) छाड्ने मुड बनाएका छन् ।

स्रोतका अनुसार मेयर सरावगी नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका हुन् । केही दिनभित्रै उनी जसपा परित्याग गरी एमालेमा प्रवेश गर्ने छन् । एमालेमा प्रवेश गर्न उनी अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरिरहेको बुझिएको छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जका मेयर सरावगी जसपा परित्याग गरेपछि अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झड्का लाग्नेछ । वीरगञ्ज क्षेत्रबाट संघीय साँसदमा निर्वाचन जसपाका साँसद प्रदिप यादवसँग समेत अध्यक्ष यादवको सम्बन्ध राम्रो छैन ।

मेयर सरावगीले पनि छाथ छाडेपछि वीरगञ्जमा जसपा कमजोर बन्ने देखिएको छ । एमालेमा प्रवेश गर्न लागेको विषयमा बुझ्न मेयर सरावगीसँग सम्पर्क गर्दा हुन सकेन ।

तर एमालेका जिल्ला अध्यक्ष एवम् इन्चार्ज प्रभु हजराले मेयर सरावगी पार्टी प्रवेश गर्न लागेको पुष्टि गरेको समाचार यात्रा दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ