आज शुक्रबार : देवी दुर्गाको पूजा गर्नुहोस्, मनोकामना पुरा हुने !


सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन् । यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ ।

यद्यपि, कुनै-कुनै दिनमा भने विशेष देवी-देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ । सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ। हिन्दु धर्मले कुन दिन कुन देवी-देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ ।

यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ । शुक्रबार यो दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ ।

महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ । यो दिन सेतो कपडा लगाउनु पर्नेछ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ ।

प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार ०६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ