चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि


काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

बिहीबार सूचना जारी गर्दै आयोग परीक्षा तालिका सार्वजनिक गरेको हो । सूचना बमोजिम फागुन ६ गतेसम्म अनलाइन आवेदन गर्ने परीक्षार्थीहरुको एकीकृत प्रवेश परीक्षा चैत्र १८, २० र २१ गते निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ