वीरगञ्ज : मधेसी दलका प्रभावशाली नेता एमालेमा प्रवेश !


वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पर्साका अर्का प्रभावशाली नेता शिव पटेल पनि नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।

पर्साको बहुदरमाई नगरपालिकाको मेयर पदका प्रत्यासीसमेत रहेका नेता पटेल एमाले प्रवेश गर्न लागेका हुन् । पटेल बिहिबार काठमाडौँ पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्तासँग काठमाडौँ पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका पटेलले आधिकारीक रुपमा आगामी चैत्र ८ गते एमाले प्रवेश गर्ने जनाइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार १८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ