धनुषा काँग्रेस सभापतिका लागि भएको मतदानमा कति मत खस्यो ? हेर्नुस् डिटेल


जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको छ।

धनुषा क्षेत्र नम्बर १ मा ६७१, क्षेत्र नम्बर २ मा ६९६, क्षेत्र नम्बर ३ मा ६३४ र क्षेत्र नम्बर ४ मा ५७८ र अपांग समूहबाट २३५ मत खसेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए।

शुक्रबार सम्पन्न निर्वाचनको मतगणना आजै राति ९ बजेदेखि सुरु गर्ने तयारी छ। आजै रातिसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ।

यसअघि सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन भएको हो । अध्यक्षमा योगेन्द्र पजियार र सन्तोष यादव प्रतिस्पर्धी रहेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार २०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ