Breaking- धनुषा कांग्रेस सभापतिमा पजियार निर्वाचित


काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन् । उनी नेता विमलेन्द्र निधिका निकट हुन् ।

यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियो । पहिलो चरणमा तेस्रो भएका डा. शेखर कोइराला पक्षका नेता दिनेश पर्सैलाले दोस्रो चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए ।

सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याए । दोस्रो चरणको निर्वाचनमा पजियारलाई केन्द्रीय नेताहरु रामकृष्ण यादव, डा. चन्द्रमोहन यादव लगायतको समर्थन थियोे ।

सभापतिमा निर्वाचित यादव धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरसमेत हुन् ।

प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार ०६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ