उपेन्द्र यादवलाई झट्का : वीरगन्जका मेयर सरावगीलाई ओलीले एमालेमा भित्र्याए


वीरगन्ज । एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा स्वागत गरेका छन् ।

बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षसहित जसपा नेताहरुलाई एमाले प्रवेश गराउन वीरगन्ज पुगेका एमाले अध्यक्ष ओलीले सरप्राइज दिँदै मेयर सरावगीलाई पार्टीमा भित्र्याएका हुन् ।

एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका ओली त्यस लगत्तै सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा सहभागी भएका थिए ।

जसपाबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले एमाले प्रवेशका लागि वार्ता गरिहेका थिए ।
सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा एमालेका मधेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेता सहभागी थिए ।

सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवलाई ठुलो झट्का लागेको चर्चा सुरु भएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार १४:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ