जसपा औरहीमा विद्रोह: वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने यादवको घोषणा


लहान । सिरहाको औरही गाउपालिका ५ को वडाध्यक्षमा उम्मेदवारी दिने राम अशिष यादवले घोषणा गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)मा आवद्ध उनले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । नयाँ व्यक्तिलाई पार्टीमा ल्याएर टिकट दिने चर्चा चलेपछि उनले स्वतन्त्र रुपमै उम्मेदवारी दिने तयारी थालेका छन् ।

पार्टीमा योगदान गरेका पुराना कार्यकर्तालाई पाखा लगाउन खोजेको र नयाँ नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराएर टिकट दिन खोजेकाले आफू स्वतन्त्रबाटै वडाध्यक्षमा उम्मेदवारी दिने उनको भनाई छ ।

केहि दिन अगाडी मात्र जसपाले पार्टी प्रवेश कार्यक्रम राखेर केहि व्यक्तिलाई प्रवेश गराएको थियो । पार्टीमा केहि योगदान नगरेका कार्यकर्तालाई टिकट दिने चर्चा चलेपछि अहिले जसपाका धेरै पुराना कार्यकर्ताहरु रूष्ट बनेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार ०८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ