जनकपुरमा योग गुरुहरु सम्मानित


जनकपुरधाम । मिथिला मजदुर उत्थान बचत तथा ऋण सहकारी संस्था लि. जनकपुरधाम ९ ले योग गुरुहरुलाई सम्मान गरेको छ ।

उक्त सहकारीद्धारा आयोजित स्वास्थ्य जीवनका लागि योगदान दिएका योग गुरुहरुलाई सम्मान गरिएको हो । फुलगेन साहको अध्यक्षता र विष्णु कुँवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि बिनोद रोहिता (कार्यबाहक अध्यक्ष), अतिथिहरु पतंजली योग समिति धनुषाका अध्यक्ष इन्द्रदेव मण्डल, मनोहर साह, विमल पण्डित लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले स्वास्थ्य जीवनका लागि योग आवश्यक भएको सन्देश थिए । परापूर्व कालदेखि योगलाई अदृश्य शक्ति शक्तिको रुपमा लिइन्थ्यो तर समय क्रमसंगै योगको महत्व पनि परिवर्तन हुँदै आएको उनीहरुको भनाई थियो ।

 

प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १२:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ