सप्तरीमा आगलागी, १० परिवारका ३२ घरगोठ जलेर खरानी


राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा शानिबार मध्यराति आगलागी भएको छ ।

स्थानीय डम्बर यादवको घरबाट राति पौने १२ बजे सुरु भएको आगलागीबाट त्यहाँका १० परिवारका ३२ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष तेजनारायण यादवले जानकारी दिए । गाउँलेहरु गाउँमै भोज खाइरहेका बेला आगलागी भएका कारण घरमा रहेका कुनै पनि सरसामान कसैले निकाल्न सकेनन् ।

आगलागीबाट ४ वटा बाख्रा समेत जलेर मरेका छन् भने छोरीको विवाहको तयारीमा रहेका डम्बर यादपको २ लाख ५० हजार रुपैयाँ नगद, १ तोला सुन र १० तोला चाँदी समेत जलेको वडाध्यक्ष यादवले बताए ।

हनुमाननगर कंकालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र राजविराजस्थित प्रहरी तालिम केन्द्रको वारुणयन्त्र, प्रहरी र स्थानियवासीको सहयोगमा ३ बजे आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष यादवले बताए । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने भइरहेको उनले बताए ।

प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १३:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ