कांग्रेस बारा सभापतिमा यादव निर्वाचित


जनकपुरधाम । नेपाली कांग्रेस बारा जिल्ला सभापतिमा संस्थापन पक्षका राजेश राय यादव निर्वाचित भएका छन् । यादव कलैया उपमहानगरपालिकाका मेयर हुन् ।

यादव १ हजार २०६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी शम्भु बुढाथोकीले १ हजार १५४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार सभापतिसहित अन्य पदको लागि कलैयामा तेस्रोपटक मतदान भएको थियो । यसअघि पहिलो मतदानका क्रममा अनियमितता भएको भन्दै मतदान रद्द गरिएको थियो ।दोस्रोपटक भएको मतदानमा कसैले पनि बहुमत ल्याउन सकेका थिएनन् ।

दोस्रोपटक भएको मतदानसम्म सभापतिको लागि यादव र बुढाथोकीसँगै रामानन्द यादव गरी तीन जना उम्मेदवार थिए । तर तेस्रोपटक भएको मतदानमा रामानन्दले यादवलाई सहयोग गरेका थिए ।

प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार ०८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ