विवाह गर्छु भन्दै युवतीलाई भारत लैजाने पक्राउ


इनरुवा । ललाईफकाई विवाह गर्छु भन्दै युवतीलाई भारत लैजाने एक भारतीय नागरिकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्र्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो ।

सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो । फिरोज काठमाडौँमा घर बनाउने काममा संलग्न थिए ।

फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ