सिरहामा कार दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते


लहान । सिरहाको नरहा गाउँपालिका ३ खोरियाटोलमा भारतीय नम्बर पलेटकाे बीआर ०७ एएम ३०६३ नम्बरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कारमा सबार अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाकाे कमला नगरपालिका १ हथलेटवाका २२ वर्षीय धिरज मण्डल छन् ।

घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।

घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भईरहेको जिल्ला प्रहरी सिरहाले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ