जसपामा भट्टराई, यादव र राईको हेडक्वार्टर गठन


काठमाडौं । जनता समाजवादी पार्टीले कार्यकारिणी बैठक बस्ने स्थिति नहुँदा पार्टीको सामूहिक निर्णय गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको हेडक्वार्टर गठन गरेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य प्रशान्त सिंहका अनुसार जारी बैठकले यस्तो निर्णय गरेको हो । जसपाका केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबारदेखि राजधानीमा जारी छ ।

पार्टीभित्रका निर्णय प्रक्रियामा यादव पक्षको एकलौटी हुने गरेको भन्दै भट्टराई पक्षले आपत्ति जनाउँदै आएको थियो । पार्टी विभाजनको तहसम्म जाने जोखिम बढेपछि केन्द्रीय कार्यकारिणी बैठकले त्यो जोखिम टार्न सामूहिक निर्णय गर्ने विधि र त्यसको थलो निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय चुनावका लागि निर्वाचन आयोगमा वरिष्ठ नेता राईको मात्र हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार १९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ