नेपाली भूमिमा १ सय फिट अग्लो भारतीय झण्डा राख्ने तयारी


दार्चुला । भारतले दार्चुलास्थित नेपाली भूमि गुञ्जीमा भारतीय झण्डा राख्ने भएको छ । भारतीय पत्रिका अमर उजालाले उल्लेख गरेअनुसार भारतले गुन्जीमा ४५ लाख खर्चेर १ सय फिट अग्लो झण्डा राख्न लागेको हो ।

अमरउजालाले लेखेको छ, ‘भारत चीन र नेपालको सीमासँगै समुद्र सतहबाट करिब ३२ सय मिटर अग्लो स्थानमा रहेको गुञ्जीमा १ सय फिट अग्लो झण्डा लहराउने भएको छ । चाँडै नै जिल्ला प्रशासनले जिल्ला योजनाबाट करिब ४५ लाखको लगानीमा उक्त स्थानमा झण्डा राख्नेछ ।’

भारतले झण्डा राख्न लागेको उक्त स्थान सरकारले जारी गरेको नक्साअनुसार नेपालमा पर्दछ । २०७७ जेठ ७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा भारतले अतिक्रमण गरेको नाभी, कुटी र गुञ्जी गाउँ समेत समेटिएका छन् ।

प्रकाशित : २०७८ चैत्र १, मंगलवार ०६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ