मिथिला संस्कृति समाजले काठमाडौंमा मनाए होली उत्सव


काठमाडौं । मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागुवा उत्सव मनाएका छन् । काठमाडौंबासीले भोली (बिहीवार) होली मनाउने छन् ।

मिथिला क्षेत्रबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको माइतिघरमा भने आजै मौलिक रुपमा फागुवा उत्सव मनाएका हुन् । सो क्रममा उनीहरुले मौलिक सांस्कृतिक बाजागाजा सहित नाचगान गर्दै आपसमा रंगअविर लगाए ।

यस वर्षको तराई क्षेत्रमा शुक्रबार होली मनाइदै छ । तराई मधेसका जिल्लाहरुमा होलीको रौनकता छाएको छ । विभिन्न संघ संस्थाहरुले होली मिलन कार्यक्रम गरिरहेका छन् ।

प्रकाशित : २०७८ चैत्र २, बुधबार १८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ