जनकपुरधाममा दुई दिन माँस-मदिरा प्रतिबन्ध


जनकपुरधाम । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको सार्वजनिक स्थानमा दुई दिन माँस- मदिरा विक्री, वितरण र सेवन गर्न/ गराउन प्रतिबन्ध लगाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चैत ३ र ४ गते सूर्यादयदेखि सूर्यास्तसम्म माँस- मदिरा विक्री, वितरण र सेवन गर्न/ गराउन निषेध गरेको सूचना जारी गरेका हुन् ।

चैत ३ गते १५ दिने मिथिला माध्यमिक परिक्रमामा सहभागी यात्रीहरु जनकपुरधाम फर्किदैछन् । उनीहरु चैत ४ गते शुक्रवार विहान अन्तरगृह परिक्रमा गर्नेछन् ।

अन्तरगृह परिक्रमाको विहानपल्ट जनकपुरधाममा होली मनाउने चलन छ । सोअनुसार यसवर्ष जनकपुरबासीले शनिवार होली मनाउँछन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले होलीको नाममा जर्वजस्ती रंग दल्ने, लोला हान्ने, मदिरा र लागुऔषध जस्ता नशालु पदार्थ सेवन गरी गाडी चलाउने र चर्को स्वरमा डिजे बजाउनेमाथि कारबाही हुने चेतावनी दिएका छन् ।

प्रकाशित : २०७८ चैत्र २, बुधबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ