सिरहाका सिडिओले २ कर्मचारीलाई जागिरबाट निकाले


जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत दुई कर्मचारी निष्काशनमा परेका छन् ।

सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने काम गरेको भन्दै राष्ट्रिय परिचयपत्र फाँटमा कार्यरत कम्यूटर अपरेटर अंकित भट्टराई र नागरिकता फाँटमा कार्यरत रेणु मण्डल कारवाहीमा परेका हुन् । करारमा कार्यरत उनी दुबै जनालाई प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले निष्काशन गरेका हुन् ।

दलालहरुसँग मिलेर कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिने गरेको गुनासोपछि प्रमुख जिल्ला अधिकारी कवारीले फाँटहरुको अनुगमन गरेका थिए । सो क्रममा करारका दुबै कर्मचारीलाई जागिरबाट निष्काशन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कवारीले सेवाग्राहीको काम सहज रुपमा नगर्ने गुनासाबारे छानविन हुने र दोषी ठहर हुने अन्य कर्मचारीमाथि पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : २०७८ चैत्र २, बुधबार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ