महोत्तरीमा प्रहरीले चिनी समाते !


जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका ७ स्थित आँप घारीमा भन्सार छलेर ल्याएको चिनी प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याई राखेको १९ बोरा करिब ७५ हजार मूल्य बराबरको चिनी प्रहरीले बरामद गरेको हो । बरामद चिनी आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारामा प्रहरीले बुझाएको छ ।

पछिल्लो समय धनुषा, सिरहा, सप्तरी, महोत्तरीमा तस्करी मौलाएको छ । प्रहरीकै मिलोमतोमा तस्करी मौलाएको र सेटिंग नमिलाउने व्यापारीको समान मात्र प्रहरीले समात्ने गरेको स्रोतको दावी छ ।

प्रकाशित : २०७८ चैत्र २, बुधबार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ