Breaking- फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुस् डिटेल


काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ । डिजेलरमट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ तोकिएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ ।

हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । यसैगरी अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २०० अमेरिकी डलरले बढेर १४९५ पुगेको छ ।

प्रकाशित : २०७८ चैत्र २, बुधबार २१:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ