जनकपुर बाहेक मधेसका जिल्लाहरुमा आज होली मनाइँदै


काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रमा हिजो मनाए पनि देशको तराई–मधेस क्षेत्रमा आज हर्षोल्लासपूर्व आज होली मनाइँदैछ ।

पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज एकादशीका दिन तराई–मधेसका जिल्लामा मनाउन लागिएको हो । तर जनकपुरमा भने भोली मात्र होली मनाइनेछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । प्रहरी प्रशासनले होलीको नाममा गलत काम नगर्न चेतावनी दिएको छ ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ